नियम ३४
पदयात्रीहरूको अधिकतम संख्या निर्धारण गर्न सक्ने

(१) नेपाल सरकारले नेपालभित्रको कुनै पनि पदयात्रा क्षेत्रमा पदयात्रा गराइने विदेशीहरुको अधिकतम संख्या वार्षिक रुपमा निर्धारण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम संख्या निर्धारण भएकोमा सोभन्दा बढी हुने गरी विभागले पदयात्रा अनुमतिपत्र जारी गर्ने छैन ।
(३) पदयात्रा अनुमति लिनु नपर्ने क्षेत्रमा जाने पदयात्रीहरुको अभिलेख व्यवस्थापन प्रयोजनका लागि नेपाल सरकारले आवश्यक व्यवस्था गर्न सक्नेछ ।